कपिलवस्तु पत्रकारमा शुद्धिकरणको किचलो, प्रदेश अध्यक्ष गिरीको बोलि नै असत्य

कपिलवस्तु

नेपाल पत्रकार महासंघ कपिलवस्तुमा सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रह राखिएको भन्दै हिजो बसेको बैठकमा अधिकांश सदस्यहरुले जोडदार आवाज उठाए । यस अगाडी वैशाख २२ गते बसेको कार्यसमिति वैठकका अल्पसख्यक सदस्यले पुर्व अध्यक्षहरु र वर्तमान अध्यक्ष सचिव रहनेगरि ७ सदस्य शुद्धिकरण समिति गठ्न गर्ने निणर्य गर्‍यो । जसमा ४ जनामात्र कार्यसमिति सदस्यहरुको हस्ताक्षर रहेको पाईएको छ भने २ जना पुर्वअध्यक्ष सहित ६ जनाले हस्ताक्षर गरेका छन् । यसर्थ पनी उक्त समितिको वैधानिकतामाथी प्रश्न चिन्ह खडा भएको छ ।

त्यस लगत्तै शुद्धिकरण थालेको उक्त समितिले ७३ जना पत्रकारको मात्र नविकरण गर्ने निणर्य गरेको थियो ।
उक्त निणर्यलाई कार्यन्वयन गर्नभन्दै २ उपाध्यक्ष र कोषाध्यक्ष सहित ४ सदस्यलाई जानकारी नै नगराई अन्य पदाधिकारीहरुलाई घर घर माईनुट लिएर बहुमत दिनकै लागि हस्ताक्षर समेत गराईएको कार्य समितिले नै बताएको छ ।
जसमा शुद्धिकरणका नाममा गठित समितिले विभेदपुणर् निणर्य गरेको भन्दै पत्रकारहरुले व्यापक विरोध जनाउदै आएका छन् ।

शुद्धिकरण समितिले आफु निकटका व्यक्तिहरुलाई जोगाएको बैठक बसेर आस्थाका आधारमा उस्तै प्रकृतिको काम गर्ने व्यक्ति पनि कोही रहने र कसैलाई हटाउने काम भएकाले जिल्लाको विवादित निणर्य सच्चाउन भन्दै प्रगतिशिल पत्रकार संघ र प्रेस युनियनले प्रेस विज्ञप्ती समेत जारी गरेका थिए ।

विवाद बढेपछी साउन १० गते उपाध्यक्ष श्वेता गिरीको अध्यक्षतामा बसेको बैठकले जिल्ला शाखामा शुद्धिकरण समितिले गरेको निणर्यमा केही विवाद देखिएको हुदाँ सो विषयमा छलफल गरि शुद्धिकरण र नयाँ सदस्यता को विवाद अन्य गर्न नेपाल पत्रकार महासंघ शाखा समिति प्रदेश समिति र केन्द्रिय शुद्धिकरण समितिलाई बोलाएर शुद्धिकरणलाई टुङ्गोमा पुर्‍याउने र यस अगाडी भएका निणर्य खारेज गर्ने निणर्य शाखाको बैठकमा बहुमत सदस्यहरुले गरेका थिए ।

साउन १८ गते शुद्धिकरण समिति र कार्य समितिको बैठक विवाद समाधान गर्ने विषयमा बस्यो उक्त बैठकमा यस अगाडी साउन १० गते उपाध्यक्षको नेतृत्वमा बसेको बैठकमा भएका निणर्य कार्यान्वयन हुनेपर्ने र एकै प्रकृतिका केही व्यक्तिको सदस्यता रहने र केहीलाई शुद्धिकरण गरेको भन्दै व्यापक आवाज उठेको कार्यसमितिका एक सदस्यले नाम नबताउने शर्तमा भने । उनले विवाद बढेपछी थप शुद्धिकरण गर्नुको साटो आफु निकट व्यक्तिलाई जोगाउनकै लागि कार्यसमितिबाट शुद्धिकरणमा परेकाहरुलाई व्यूताउने निणर्य गरेपछी तै चुप मै चुप जस्तै भएको बताए । यस प्रकारको निणर्यले कार्यसमिति बाहिर रहेको सोही प्रकृतिका साथीहरुमाथी विभेद भएको उनको ठहर छ ।

अधिकांश क्रियाशील पत्रकारहरुलाई छानी छानी नवीकरण नगर्ने र आफु निकट व्यक्तिहरुलाई क्रियाशिल नै नभएपनी राख्ने निणर्य भएका कारण आफुहरुले निणर्यमा असहमती जनाउने भनेपछी सचिवले कोषाध्यक्ष र दुई सदस्यलाई अनिणर्यको बन्दी बनाउदै सचिव बाहिरिएको कोषाध्यक्ष मोहन बेल्वासेले बताए ।

सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणमा गम्भीर बन्न र मापदण्ड अनुसार सदस्यताको टुंगो लगाउन बेल्वासेले आग्रह गरे । नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा र छाता संगठन भएकाले यसको गर्विलो इतिहास जोगाउन महासंघले सदस्यता शुद्धीकरण र वितरणमा कुनै पूर्वाग्रह राख्न नहुने भन्दै “पत्रकारको आशा र भरोसाको केन्द्र, जनतामा स्थापित यस संस्थालाई सबैको सहयोगले अझै सबलिकृत र मजबुत बनाउनु पर्नेमा पछिल्लो समयमा यसको ओजश्वी छविलाई जोगाउनका साटो महासंघले सञ्चालन गरेको शुद्धीकरणले क्रियाशील पत्रकारको पेशागत मर्यादा र सुरक्षाको ग्यारेन्टी गर्नुका साथै अनावश्यक व्यक्तिको प्रवेशलाई रोक्ने अपेक्षा गरिए पनि सो प्रदेश अध्यक्ष बसन्त गिरीले आफु निकट व्यक्तिहरुलाई जोगाउन बैठकमा हस्तक्षपकारी भुमिका खेलेको बेल्वासेले बताए ।

पछिल्लो समयमा आफुलाई बैठकमा समेत जानकारी नगराउने हिजो बसेको बैठकमा असहमती जनाउने भएपछी असमती राख्न नदिएर अनिणर्यको बन्दी बनाउने र आर्थिक लेनदेनका लागि चेकमा सहि गराउन दवाव दिएको उनको गुनासो छ । बैठकमा आफ्नो अधिकारबाट बन्चित गराएपछी कुन नैतिकताले चेक काट्ने उनले प्रश्न गरे ।

गिरी विरुद्ध बोलेपछी सदस्यता गुम्यो

एक दशक देखि पत्रकारिता गर्दै आएका रेडियो बाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल र प्रदेश अध्यक्ष बसन्त गिरी विच विवाद भएका कारण आफ्नो सदस्यता गुमेको पोख्रेलले बताए ।
उनले एक प्रसड्डमा विवाद बढेको र सोही कारण उजुरी परेको भन्दै क्रियाशिल रहदा रहदै सदस्यता गुमेको भन्दै कानुनी निकायमा पुग्ने बताए ।
यता पत्रकार महासंघ कपिलवस्तु शाखामा उनि विरुद्ध कुनै उजुरी नरहेको कार्य समितिका एक सदस्यले बताएका छन् ।
उनी यस अगाडी लुम्बिनी दर्पण साप्ताहिकमा ४ वर्ष समाचार र व्यवस्थापनमा काम गरेका थिए भने हाल हाम्रो पाईला अनलाईन संचालन गर्दै आएका छन् ।

शुद्धिकरण विवादको समाचार लेखेकै भरमा सदस्यता बाट बन्चित

पत्रकार महासंघकै बिरोध गदैँ समाचार लेखेपछि ८ वर्ष देखि पत्रकारीता पेशमा आबद्ध रहेको पत्रकार राम अवतार चौधरीको सदस्यता सिफारीस हुन् बाट रोकिएको छ । लामो समय शुद्ध पत्रकारिता गरेका चौधरीले यस अघि पत्रकार महासंघ कपिलवस्तुमा सदस्यता शुद्धिकरणमा राजनैतिक भागबण्ड भन्दै समाचार प्रकाशन गरेका थिए उक्त समाचारकै कारण समितिले सदस्यता सिफारीसकै बाटो बन्द गरेको यसमा प्रदेशको पनि हात रहेको कार्य समितिका एक सदस्यले बताएका छन् ।

बिवादकै बिच कार्य समितिमा सदस्य मनोनयन

पत्रकार महासंघ कपिलवस्तु अहिले सदस्यता शुद्धिकरणका कारण बिवादमा रहेको छ । यहि बिवाद बिच समितिले कार्य समितिमा माधव बेल्वासेलाई कार्य समिति सदस्य मनोनित गरेको छ । साझाकुराले पत्रकार महासंघ कपिलवस्तुका सचिव जानु पाण्डे सँग यस विषयमा कुरा गरेको थियो । पाण्डेले सदस्यता मनोनित कार्य विधानले विपरित रहेको तर अधिवेशनको समयमा मौखिक सहमतिका आधारमा सदस्य मनोनित गरेको बताएका छन् ।

प्रदेश अध्यक्ष नै बोल्दैन् सत्य

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष बसन्त गिरी नै विवादमा परेपछि गिरी पटक पटक झुठो बोलेका छन् । महासंघ कपिलवस्तुका बैठकमा पटक पटक उपस्थिती रहेका गिरी नेपाल पत्रकार महासंघ कपिलवस्तु शुद्धिकरण समितिका सदस्य समेत रहेका थिए । अझै गिरी अनलाइन मिडियाहरु कृष्णनगर बढनीमा पाचँ हजारमा किन्ने पाइने भन्दै धजिया उडेका छन् । यता पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान किरणमान बज्राचार्यले प्रदेश अध्यक्ष गिरी बैठकमा उपस्थिती रहेको कुरा स्विकार गरेका छन् ।

प्रदेश अध्यक्ष बसन्त गिरी सहित कपिलवस्तु पत्रकार महासंघको बैठकमा

प्रतिक्रिया