
कांग्रेस छोडेर एमालेमै फर्किइन् पाणिनी गाउँपालिका पूर्व उपाध्यक्ष गौतम

रुपन्देही । अर्घाखाँचीको पाणिनि गाउँपालिकाका पूर्वउपाध्यक्ष लक्ष्मी गौतम नेकपा एमालेमा प्रवेश गरेकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष बनेकी उनी पछि नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।
जिल्ला अध्यक्ष पिताम्बर भुसाललाई पार्टी प्रवेशसम्बन्धि पत्र लेखेपछि केन्द्रीय सदस्य चेतनारायण आचार्यलगायतका नेताहरुले उनलाई पार्टीका स्वागत गरेको जिल्ला कमिटी सदस्य प्रदीप नेपालीले जानकारी दिए ।
जिल्लामा एमालेबाहेकका सबै दलको गठबन्धन हुँदा पनि स्थानीय तह, प्रदेश तथा संभीय तहमा एमालेले सबैलाई पराजित गरेकाले पनि केही कारणले बाहिर रहेका नेता कार्यकर्ताहरु क्रमशः आउनेक्रम रहेको नेता आचार्यले बताएका छन् ।
एमाले प्रवेश गरेकी पाणिनि ३ की नेतृ गौतमले गलती महसुस गर्दै आफैंले मेहनत गरेर बनाएको पार्टीमा समाहित भएको जनाएकी छन् । गौतम कांग्रेस अर्घाखाँचीको प्रवक्ता थिइन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया