

चितवनको निलो बस ! राजनैतिक बृत्तमा राम्रै बहस





कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको क्षेत्र चितवनमा ब्लु बस (निलो बस) संचालन गरेसँगै अहिले विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ । आफू प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको एक सय दिन पुरा भएको अवसरमा लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा ब्लु बस संचालन गरेका छन् । उनको उक्त बसमा महिलाहरुका लागि निशुल्क भनिएको छ । यस विषयमा उनको यो कदमको राजनैतिक बृत्तमा राम्रै बहसको विषय बनेको छ ।
सोही विषयलाई लिएर नेपाल समाजवादी पार्टीका नेता विष्णुहरि शर्माले रबिको निलो रङको बस संचालनले कैयौँ प्रश्न उब्जाएको टिप्पणी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने जी ले आफ्नो निर्वाचन क्षेत्रमा निलो रंगको बस संचालनमा ल्याएको फेसबुक समाचार छ, त्यो बसमा महिला, अपाङ्ग र जेष्ठ नागरिकले निशुल्क यात्रा गर्न पाउने रे ,बाकी पुरुषहरुले पनि शुल्क तिरेर त्यो निलो रंगको बसमा यात्रा गर्न पाउने रे ! उनले यो काम राम्रो गरेकी गरेनन् भन्ने चर्चा चल्नु स्वभाविकै हो । मेरो विचारमा यसले कैयौ प्रश्नहरु उठाएको छ, पहिलो कुरा रवि लामिछाने देशको चौथो ठूलो पार्टीको नेतृत्व गर्ने व्यक्तित्व हो, वहाले राष्ट्रमा देखापरेका समस्याहरुको बारेमा योजना प्रस्तुत गर्नु पर्नेमा मात्र आफ्नो निर्वाचन क्षेत्रमा बसको व्यवस्था गर्ने कुरा टिपिकल कुरामा मात्र उँहाको ध्यान जाने रहेछ भन्ने देखाउछ, यसको ठाउमा त्यहा सडकको हालत के कस्तो छ ! अन्य गम्भीर प्रकृतिका समस्याहरु के छन्, जो तत्काल हल गर्न सकिन्छ, त्यहाँ ध्यान दिनुपर्ने । दोश्रो कुरा बसको भित्र जहीतही घण्टीको लोगो राखिएको छ, अब त्यो बसमा रुखमा भोट हानेका, रुखको प्रचार गरेका सूर्यमा भोट हानेका, सुर्यको प्रचार गरेका ,हसीया हतौडामा भोट हानेका, हसीया हतौडाको प्रचार गरेका यात्री कसरि चढ्ने! ठिकै छ बसै त हो चढौँ भनेर चढि हालीयो भने पनि यसभित्र गमक्क परेर बसेका यात्रि, जस्ले घण्टीमा भोट दिएका थिए, उनीहरूले कसैले मुखै खोलेर भन्लान, कसैले मनमनै भन्लान् ,चुनावमा वडो घण्टीको विपक्षमा उर्लि उर्लि प्रचार गर्या थियौ , अहिले त लुसुक्क परेर यही बसमा आइपुगेछौं ।
यो निलो रंगको बसले“ नखाउ भने दिनभरीको सिकार, खाउ भने कान्छा बाउको अनुहार“ नजाउ भने ढिलोभएको छ, अगाडी बस खडा छ, जाउन भने प्रत्यक सिटमा घण्टीको लोगो झुण्डाइएको छ परेन त अप्ठ्यारो ! यो बस घण्टीमा मत राख्ने मतदाताको लागी मात्र भनि दिदा अल्लि सहज हुन्छ की । त्यसो भनियो भने यात जय घण्टी भनेर मसक्क आटेर चढलान, यात हैन एउटा सिटमा जात नफालौ, अर्को सार्वजनिक यातायातमा जान पर्ला भनेर अर्को बस पर्खेलान कि !’
केही दिन अघि नेकपा एमालेका महासचिव शंकर पोख्रेलले समेत रबिलामिछानको उक्त कदमलाई सस्तो लोकप्रियता भन्दै टिप्पणी गरेका थिए । उनले रास्वपा सभापति लामिछानेले भोटको सस्तो राजनीति गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरुले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख गरेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा सुरु गरेको महिलाका लागि निःशुल्क बस सञ्चालनबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदैछ भनी प्रश्न गरेका छन् ।
अहिले लामिछानेको निर्वाचन केन्द्रित पछिल्लो कदमले चौतर्फी बहस बनाएको छ भने टिप्पणी समेत भइरहेको छ ।


खबर सबै
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ












प्रतिक्रिया