
ट्वीटरमा पनि अब लाइभ गर्न सकिने, कसरी गर्ने लाइभ ?




आजदेखि ट्वीटर (एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ ।
ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन् । नेपालबाट समेत लाइभ गर्न सकिएको छ ।
कसरी गर्ने लाइभ ?
लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने स्पेसेस, फोटोज, गिफ र पोस्टमध्ये पोस्ट गर्ने अप्सनमा क्लिक गर्नुपर्छ ।
पोस्टमा क्लिक गरेपछि त्यहाँ क्यामेरा जस्तो देखिने आइकन छ । त्यसमा क्लिक गरेपछि फोटो, भिडियो र लाइभ जान सकिने भनेर देखाउँछ र कन्ट्युन्यू गरेपछि त्यहाँ भिडियो, क्याप्चर र लाइभ भन्ने अप्सन देखिन्छ । त्यसपछि जोकोही पनि ट्वीटरबाट लाइभ गर्न सक्ने छन् ।
यो फिचरका लागि अटो अपडेट भएको छैन भने एक्सको एप अपडेट गर्नुपर्ने हुन्छ ।
उनले ट्वीटरमा भनेका छन्, ‘लाइभ भिडियो अब राम्रोसँग काम गरिरहेको छ। मात्र तपाईले क्यामेराको आइकन भएको ठाउँमा क्लिक गर्नुपर्नेछ।’
यसघि एलन मस्कले ट्वीटरको लोगो चरालाई हटाएर एक्स राखेका थिए ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया