

याे वर्षकाे चाडपर्वमा चामल अभाव हुनसक्ने



विराटनगर
साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ ।
नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग अनुरोध गरेर २ लाख मेट्रिक टन धान आयात गर्नुपर्ने व्यवसायी बताउँछन् ।
उनीहरूले यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन् । गतवर्ष भारतले ६ लाख मेट्रिक टन धान नेपाललाई दिएको थियो ।
गतवर्षको कोटा साउन १६ गते सकिएको छ । नेपाल चामल–तेल–दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले नेपालमा चामल अभाव हुन नदिन भारत सरकारसँग कूटनीतिक तहबाट अनुरोध गरी तत्काल २ लाख टन धान आयात गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र बुझाएका छन् ।
नेपालको घरेलु माग पूरा गर्न वार्षिक १० लाख मेट्रिक टन धान आयात गर्नुपर्ने दुगडले बताए ।
भारतले नेपालमा मात्रै धान निकासी गर्छ । अन्य देशमा चामल निकासी गर्छ । नयाँ दिल्लीले खाद्यसुरक्षाको जोखिम रहेको भन्दै चामल निकासीमा प्रतिबन्ध लगाएको हो । यो खबर फैलिएपछि नेपालमा चामलको भाउ बढिसकेको छ ।
नेपालको नयाँ धान मङ्सिरमा आउने भएकाले तत्काल २ लाख मेट्रिक टन आयात गर्नुपर्ने दुगड बताउँछन् ।
‘भारतबाट चामलभन्दा धान नै आयात गर्दा नेपाललाई फाइदा हुने उनको भनाइ छ । ‘धान ल्याउँदा यहाँका ४० ठूला र ५०० साना धान मिल सञ्चालन हुन्छन्, त्यसले रोजगारी र राजस्वसमेत बढ्छ,’ दुगडले भने ।
यो समाचार आजको आर्थिक अभिभयान दैनिकमा छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया