

दाङमा आँखा पाक्ने रोग बढेसँगै बिरामीको संख्या बढ्यो


दाङ । दाङमा आँखा पाक्ने रोग फैलिएको छ । रोग फैलिएसँगै बिरामीको संख्या पनि बढेकोे छ ।
कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरूवा रोगका कारण राप्ती आँखा अस्पताल तुलसीपुरमा दैनिक पाँच सय २१ जना बिरामी आउने गरेका छन् । त्यस्तै लमही आँखा अस्पतालमा दैनिक तीन सय १३ जना र भालुवाङ उपचार केन्द्रमा दैनिक झण्डै ८० जना बिरामी आउने गरेको लमही आँखा अस्पताल देउखुरीले जनाएको छ ।
यस्तै राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रमा दैनिक ४५ जना बिरामी आउने गरेको केन्द्रका इन्चार्ज विमल बुढा क्षेत्रीले जानकारी दिनुभयो ।
रोगका कारण आँखा पाकेर बढी मात्रामा केटाकेटीहरू अस्पताल आउने गरेका छन् । रोगको लक्षणकारुपमा आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने समस्या देखिने गरेको इन्चार्ज बुढा क्षेत्रीले बताउनुभयो ।
सङ्क्रमणबाट जोगिनका लागि सङ्क्रमित व्यक्तिको नजिक नबस्ने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग गर्नु हुँदैन । त्यस्तै औषधि प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । अनावश्यकरुपमा भिडभाडमा नजाने तथा जानै परे चस्माको प्रयोग गर्ने र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन पनि इन्चार्ज बुढा क्षेत्रीले सुझाव दिनुभयो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया