

जन्मदिनमा छोरीलाई बिमा पोलिसी उपहार



कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एक आमाले आफ्नी छोरीको जन्मदिनमा उपहार स्वरुप बिमा पोलिसि प्रदान गरेकी छन् । बाणगङ्गा नगरपालिका वडा न –९ बस्ने सरिता बस्नेतले आफ्नी छोरी कशिश बस्नेतलाई जन्मदिनको अबसरमा १० लाख रुपैँया बराबरको बिमा पोलिसी उपहार दिएकी हुन् ।
जन्मदिन मनाउने विभिन्न बहानामा खर्च गर्नु भन्दा बिमा पोलिसी दिदा बचत पनि हुने र सुरक्षा पनि हुने भएकोले यो गरेको उनले बताइन । बिमामा बल्ल आम जन मानसमा चासो बढेको र बिमा आवश्यक छ भन्ने चेतना खुल्न थालेको उनको भनाई छ । नयाँ तरिकाबाट जन्मदिन मनाउन पाएको उनले बताइन् । उनी सानिमा रिलायन्स जीतपुर शाखाकी एजेन्सी म्यानेजर समेत हुन् ।
उक्त कार्यक्रममा जितपुर शाखाबाट शाखा प्रमुख तिलक बि.क.र मार्केटिङ म्यानेजर दीपक कुँवरको समेत उपस्थिति रहेको थियो । दुबै जनाले संयुक्त रूपमा पोलिसी फाइल र मायाको चिनो प्रदान गरेका थिए । मार्केटिङ म्यानेजर दीपक कुँवरले बिमा बचत मध्ये उत्कृष्ट बचत रहेको भन्दै सबैलाई अनिवार्य भएको बताए ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया