

मकैबारीमा बाँदर आतङ्क, चिन्तामा किसान


अर्घाखाँची । बारीमा लगाएको मकै जंगली जनावर बाँदरले सखाप पारेपछि अर्घाखाँचीमा किसानहरु चिन्तित बनेका छन् । बाँदरले मकै सखाप पार्न थालेपछि किसानहरु बारीमा मकै खेति गर्नेकी नगर्ने भन्ने अन्यौलमा समेत परेको बताउँछन् । बिहानदेखि बेलुकासम्म बारीमा बस्दा समेत बाँदरबाट मकै जोगाउन नसकेपछि किसान चिन्तामा परेका हुन् ।
किसानहरु मकैको बोटमा घोगा लागेदेखि नै सबै काम छाडेर बाँदर धपाउन लागिपरेका छन् । ’बाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ, बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेका छौँ।’ सन्धिखर्क २ भलायडाँडाका ठाकुर शालिक पोख्रेलले बताए ।
सन्धिखर्क ८ किमडाँडाकी उमकला बन्जाडेले बाँदरका कारण खेतबारी बाँझै राख्नुपर्ने अवस्था आउन लागेको दुखेसो पोखिन् ।
बाँदरबाट बाली जोगाउन उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक बेलुका नहुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन् । खेतीबाली लगाउन र हुर्काउन जस्तै बाँदरबाट जोगाउन उस्तै चुनौती भएको किसान बताउँछन् ।
’आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । खाना र खाजा खाने समय समेत पाइँदैन । बाँदर हेर्न बसेको ठाउँमै खानाखाजा पुर्याइदिनुपर्ने बाध्यता छ ।’ भेषराज बन्जाडेले बताए ।
खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरिदिने गरेको छ ।
हिउँदको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा निक्कै सताउने गरेको छ । बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् ।
सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, खाबडाँडा, वागला, डिभर्ना, भूमिकास्थानको धनचौर ढिकुरा, शीतगङ्गा नगरपालिका, पाणिनि गाउँपालिका, मालारानी गाँउपालिका र छत्रदेव गाउँपालिकाका प्रायजसो गाउँहरुमा बाँदरले निक्कै दुःख दिने गरेको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया