

कपिलवस्तुकी रुकैया खातुनले पाउने भइन् ‘प्रकाश मानव अधिकार पुरस्कार’





काठमाडौं । यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार तौलिहवा कपिलवस्तुकी रुकैया खातुनलाई प्रदान गर्ने निर्णय इन्सेकले गरेको छ ।
इन्सेक कार्यसमितिको २०८० साउन ९ गतेको बैठकले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील ४५ वर्षीया खातुनलाई २९ औं प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।
संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा खातुनलाई सम्मानित गर्ने निर्णय गरेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याएको योगदानको स्मरण गर्दै इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।
नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई पुरस्कृत गरिंदै आएको छ ।
पुरस्कारको राशी ५० हजार नगद र सम्मानपत्र छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व.दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मालगायत २८ जना सम्मानित भइसकेका छन् ।
यस वर्षको सम्मान यही साउन १६ गते ललितपुरको स्टाफ कलेजमा आयोजना हुने कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थितिमा गरिने इन्सेकले जनाएको छ ।


खबर सबै
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ











प्रतिक्रिया