

रुपन्देहीमा लागुऔषध हेरोइनसहित चार जना पक्राउ



भैरहवा
रुपन्देहीमा लागुऔषध हेरोइनसहित चार जना पक्राउ परेका छन् ।
सैनामैना नगरपालिका– १० का २६ वर्षीय सुनिल थारु, त्यही ठाउँका २८ वर्षीय जितबहादुर दर्लामी, २५ वर्षीय दिनेशकुमार पुन र कञ्चन गाउँपालिका–५ बस्ने १८ वर्षीय प्रतिक थापालाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सालझण्डी बजारबाट पक्राउ परेका उनीहरुको साथबाट २ हजार ५ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक ईश्वरबहादुर थापाले जानकारी दिनुभयो ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया