

सर्पले डसेर दाङमा एक बालकको मृत्यु

दाङ । दाङमा सर्पले डस्दा एक बालकको मृत्यु ज्यान गएको छ । सल्यानको बागचौर नगरपालिका–४ पेदीखोला बस्ने १६ वर्षीय मनोज वलीको दाङको शान्तिनगर गाउँपालिका–७ स्थित मामा घरमा आएको बेला सर्पले डसेर मृत्यु भएको हो ।
घरमा सुतिरहेको बेला बिहान सर्पले डसेपछि बिरामी परेका वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरिएको थियो ।
त्यसपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएकोमा अस्पतालमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया