

सिद्धबाबा मन्दिरको कारोवार अब डिजिटल प्रणालीबाट गरिने


बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नं.३ मा रहेको सिद्धबाबा मन्दिर विकास समितिले अब सवै आर्थिक कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको छ । नयाँ आर्थिक बर्ष सुरु भए संगै मन्दिरले सोमबार देखि सवै कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको हो ।
केही दिन अघि बुटवल–३ मा रहेको सिद्धबाबा धाममा आर्थिक हिनाविना भएको घटना सार्वजनिक भएसंगै पाल्पाको सिद्धबाबा मन्दिरले आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्न सुरु गरेको हो ।
सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले मन्दिर हुने १५ वटा विभिन्न शिर्षकको कारोबार अव डिजिटल माध्यमबाट गरिने बताए ।सुरुवातको समयमा एउटा कम्प्युटरबाट यो सेवा दिन थालेको भन्दै अध्यक्ष शेरचनले केही महिनामै दुई वटा कम्प्युटरबाट डिजिटल भुक्तानी रसिद भक्तजनलाई दिने बताए ।
१ लाख ५० हजार खर्च गरेर डिजिटल भुक्तानी सुरु गरेको भन्दै उनले मन्दिरमा बढि भिडभाड हुने समयमा भक्तजनलाई केही असहजता हुने भएपनि समग्र आर्थिक पारदर्शीताका लागि यो काम अगाडि बढाइएको बताए ।
‘हामीले परेवा, सवारी, विवाह, बर्तबन्ध, ग्रहशान्ती, सहयोग, सटरभाडा, विजुली, रुद्री, लघु रुद्री लगाएतका विभिन्न शिर्षकमा लाग्ने रकम डिजिटल भुक्तानी मार्फत लिन्छौ ।’ उनले भने ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया