

विषालु च्याउ खाँदा दाङमा दुई जना बिरामी



दाङ । दाङमा विषालु च्याउ खाँदा दुई जना बिरामी परेका छन् । जङ्गलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा गढवा गाउँपालिका–५ धर्मापुरमा एकै परिवारका दुई जना बिरामी परेका हुन ।
मङ्गलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा धर्मापुर निवासी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीया श्रीमती छुकनी चौधरी बिरामी भएका गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिनुभएको छ ।
बिहान साढे १० बजेतिर खाना खाएका उनीहरुलाई रिँगटा लाग्ने, वान्ता हुने जस्ता समस्या देखापरेपछि स्वास्थ्य चौकीमा भर्ना हुनुभएको प्रमुख यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘जङ्गलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा दुई जनाको स्वास्थ्यमा समस्या देखिएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यचौकी प्रमुख यादवले बताउनुभयो । केही दिनअघि पनि दाङकै बङ्गलाचुली गाउँपालिका वडा नं. १ को स्युजमा विषालु च्याउ खाँदा दुई जना बिरामी परेका थिए ।
जङ्गली विषालु च्याउ खाएर मानिसहरु बिरामी पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले जङ्गली च्याउ नखान सर्वसाधारण नागरिकलाई आग्रह गरेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया