किन लगाइन्छ साउनमा हरिया चुरा ?

साझाकुरा । प्रत्येक वर्ष साउन महिना शुरु भएसंगै महिलाहरुले हरियो,पहेँला चुरा,मेहेन्दी, हरियो लुगा लगाएर महिलाहरू सजिने गर्दछन् । साना(साना बालिकादेखि युवतीहरु पनि साउनमा हरियो चुरा र मेहेन्दी लगाउन उत्साहित हुन्छन् ।

वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि महिलाहरुका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनि हरियो चुरा र मेहन्दी लगाउँछन । तर, यो चलन कहिलेबाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ ।

साउन महिनामा जताततै हरियाली हुदा यो महिनालाई विशेष गरि हरियो महिनाको रुपमा पनि चिनिने गर्दछ । हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । विशेष गरि यो प्रचलन विवाहित महिलाले सौभाग्य पतिकोे रुपमा हरियो चुरा लगाउने गर्दछन भने अविवाहित युवतीले पनि राम्रो वर प्राप्त होस् भन्ने उद्देश्यले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन चलिआएको छ ।

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ भन्ने विश्वास रहेको छ । प्राकृतिक जडिबुटीहरुको लेप हाम्रो शरीरको स्वस्थको लागि अनुकुल हुने भएकाले मेहेन्दीको बिरुवालाई पिसेर हात तथा कपालमा लगाउने चलन पहिले देखिनै चलिआएको चलन हो ।

एकातिर श्रृंगार र अर्कातिर स्वास्थ्यका लागि पनि अनुकुल हुने भएकोले मेहेन्दी लगाउने चलन छ । यसरी हरियो रंग र मेहेन्दीको प्रयोगले प्रकृतिसँग नजिक गराउने र पहेँलोले भगवान शिव प्रतिको त्याग देखाउने भएकोले साउन महिनामा हरियो पहेँलो कपडा, मेहेन्दी र चुरा लगाउने चलन बढेको हो ।

हरिया, पहेँला बस्त्र तथा गरगहना लगाएर भगवान् शिवको पुजा आरधना गर्दा मनोकांक्षा पुरा हुने धार्मिक मान्यता रहेको छ । अर्को कुरा, हातमा लगाएको मेहेन्दी जति गाढा रंगको हुन्छ श्रीमान वा प्रेमीको माया उति नै बढी पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।

साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यो महिनाभरि महिलाहरु हरियो चुरा र मेहन्दी लगाउँछन् । पछिल्लो समयमा फेसन बनेको हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनुको पछाडि धार्मिक महत्व रहेको मानिन्छ ।

हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।’

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।

साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुको भनाइ छ ।
                                                                                      विभिन्न धर्मग्रन्थ र सन्दर्भ समाग्रीबाट ।

प्रतिक्रिया

खबर सबै