

बाणगंगा ९ भर्तापुरमा सिँचाइ बाधको उद्घाटन





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एक सिँचाइ बाँधको आइतबार उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड भर्तापुर स्थित सिँचाइ बाधको उद्घाटन गरिएको हो ।
लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय कपिवस्तुको सहयोगमा भर्तापुरको ११९ हेक्टर खेतियोग्य जमिनमा प्रत्यक्ष सिचाइ सुविधा पुग्ने गरी बाध निर्माण भएको निर्माण समितिका अध्यक्ष कुन्तामणी भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले वडाले मात्रै विकासका काम गरेर सम्भव नहुने भन्दै राज्य सबै निकायले जोडबल गरेमा स्थानीयले लामो समय देखि भोग्दै आएका समस्याहरु हल गर्न सकिने बताउनुभयो । उहाँले यहाँको विकासका लागि योजनाहरु समेट्ने काम वडाका तर्फबाट भइरहेको र ति योजनालाई पुरा गराउन सबैको साथ आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमूख पुर्षाेत्तम उपाध्यायले स्थानीयको पटक पटकको मागका आधारमा यहाँको अवस्था अध्ययन गरिएपछि यो बाँध निर्माण भएको बताउनुभयो । उहाँले यस आयोजनाले किसानहरुलाई प्रत्यक्ष लाम मिल्ने र यसको उपयोेग पनि सोही अनुसार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा समाजसेवी हरिराज घिमिरेले बाँध निर्माणले प्रत्यक्ष फाइदा किसानलाई हुने हुदा यस्ता आयोजनाहरु बन्नु राम्रो पक्ष रहेको भन्दै यहाँका अन्य क्षेत्रका सिँचाइका समस्या समाधानका लागि पनि राज्यका निकायहरुले सकारात्मक पहल गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै समाजसेवी नारयाण खनालले निर्माण आयोजना सम्पन्न गराउन महत्वपूर्ण भुमिका खेलेका कारण आयोजना समयमै सम्पन्न भएको बताउन्ुभयो । उहाँले सिँचाइ आयोजना पहँुचमा पुगेका किसानहरुले अब आफ्नो उत्पादनमा समेत बृद्धी गरी फाइदा लिन सक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा निर्माण समितिका अध्यक्ष कुन्तामणी भुसालले सिँचाई आयोजना निर्माणका लागि छोटो समयमा काम सम्पन्न भएको भन्दै आगामी वर्षको योजनामा किसानका खेतसम्मै नहर निर्माणका काम गरिने जानकारी दिनुभयो । उहाँले यो आयोजना सिँचाइ विकास डिभिजन कार्यालयका तर्फबाट ४४ लाख ५७ हजार १४९ रुपैँया र उपभोक्ताका तर्फबाट १ लाख २५ हजार ५ सय १९ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको बताउनुभयो । यसबाट ११९ हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुग्ने समेत जनाइएको छ ।
कार्यक्रम निर्माण समितिका अध्यक्ष भुसालको अध्यक्षता, वडा अध्यक्ष कमल पौडेलको प्रमूख आतिथ्यता सहित समाजसेवी नारायण खनाल, हरिराज घिमिरे र सिँचाइ विकास डिभिजन कार्यालय प्रमूख पुर्षाेत्तम उपाध्यायको विशिष्ठ आतिथ्यता रहेको थियो । भर्तापुर टोलविकास संस्थाका अध्यक्ष हरिबाहदुर खनालको स्वागत मन्तव्य रहेको कार्यक्रममा समाजसेवी रोमबहादुर खत्री, स्थानीय सामुदायिक वनका अध्यक्षहरु, सामाजिक अगुवा लगाएत दर्जन बढीको आतिथ्यता सहित स्थानीयको उपस्थिति रहेको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प













प्रतिक्रिया