कपिलबस्तु बन्यो ६४ औँ साक्षर जिल्ला

कपिलबस्तु। लामो समयको प्रतिक्षा र संघर्षका साथ अन्ततः कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० भित्रै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने बाध्यात्मक अवस्थाका बिच लागेका जिल्लाका शिक्षा सम्बद्ध निकायहरुले आइतबार एक कार्यक्रमका बिच जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन ।

लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेले साक्षर घोषणा कार्यक्रममा कपिलबस्तुलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । साक्षर घोषणा भएकाहरुमध्ये देशभरमा कपिलबस्तु ६४ औं जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशको १२ औं जिल्लाको रुपमा पर्दछ ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य पाण्डेले लुम्बिनी प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले घोषणा गरेर मात्र भएन यसलाई दिगोपन दिनको लागि सबै लाग्नु पर्ने बताउनुभयो । साक्षर घोषणा अभियानलाई सफल बनाउन स्थानिय तहको महत्वपूर्ण भुमिका रहने सदस्य पाण्डेको भनाइ छ ।

कपिलबस्तुका दश वटै पालिकालाई साक्षर घोषणा गरिएसँगै जिल्लालाई पनि साक्षर घोषणा गरीएको हो । शिक्षा विकास तथा समन्वय इकाई कपिलबस्तुका प्रमुख थानेश्वर घिमिरेका अनुसार हाम्रो साक्षरता दर १५ देखि ६० वर्ष उमेरका जनसङ्ख्यालाई लिइएको बताउनुभयो ।

साक्षर हुनको लागि १२ वटा सुचकहरुमध्ये छ वटा अर्थात् ५० प्रतिशत सुचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, बाणगङ्गा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्याल, शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, शसस्त्र प्रहरी उपरिक्षक जीवन केसी, विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुख, राजनीतिक दलका प्रमुख एव्म प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै