

साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द


काठमाण्डाै
पर्सि साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ ।
सूचना तथा प्रशारण विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । भारतीय सःशुल्क अर्थात पे टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगरेको भन्दै विभागले सरकारी निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील गरेको छ ।
भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको प्याकेज बनाएर छुट्टा-छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको थियो । यो जानकारीपछि विभागले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जनाएको हो ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया