

माछा मार्ने क्रममा भलवाडका एक युवकको मृत्यु


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा खोलामा माछा मार्ने क्रममा एक युवकको डुबेर ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित धिरी खोलमा माछा मार्ने क्रममा सोही स्थानका वर्ष २५ का विजय थापाको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेका अनुसार वाणगंगा ९ स्थित भलवाड बस्ने वर्ष २५ का विजय थापा बिहिबार घर देखि माछा मार्ने भनेर निस्केका थिए । उनको खोलमा डुबेर मृत्यु भएको हो ।
लामो समय सम्म थापा घरमा नआए पछि उनको खोजि थालेको र राति १० बजे स्थानियले उनको खोलाबाट उद्धार गरेका भए पनि उनको उनको मृत्यु भइसकेको थियो । उद्धार पुर्व नै थापाको निधन भइसकेको स्थानीयले बताएका छन् ।
शुक्रबार बिहान इलाका प्रहरी कार्यालय पिपराबाट घटना स्थलमा पुगेको प्रहरीको टोलीले मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाएको जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक थापा सिद्धाार्थ क्याम्पप बुङ्चीमा अध्ययन गर्दै आएका थिए ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया