

कपिलवस्तुमा सर्पदशंका घटना, दुई दिनमा चारजनाको मृत्यु




कपिलवस्तु । कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएको छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइको ज्यान गएको हो ।
नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको ज्यान गएको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । सोमवार राति घरमा सुतिरहेको बेला उनीहरुलाई सर्पले डसेको हो ।
बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि स्थानीय अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा ज्यान गएको हो ।
यसैगरी सोमवार हिजो बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट ज्यान गएको छ । सर्पले डसेलगत्तै उनलाई गोरुसिङ्गेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।
सोमवार नै महाराजगञ्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको पनि सर्पको डसाइबाट ज्यान गएको छ । हिजो दिउँसो घर नजिकै पराल निकाल्ने क्रममा उहाँलाई गोमन सर्पले डसेको थियो ।
लगत्तै गोरुसिङ्गे उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उहाँको पनि बाटोमै ज्यान गएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । जिल्लामा बर्खा लागेसँगै सर्पको बिगबिगी बढिरहेको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया