
रास्वपाले प्रधानमन्त्रीको राजिनामा मागेको छैन : महामन्त्री ढकाल

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
रास्वपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आएका महामन्त्री ढकालले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘प्रधानमन्त्रीले किन बोल्नुभयो आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । उहाँले स्पष्ट पारेको आधारमा हामी थप टिप्पणी गर्नेछौँ ।’ नेता ढकालले एमालेले नेपालको संविधानको मर्मअनुसार विकल्प बिना प्रधानमन्त्रीको राजीनामा माग्न नहुने जिकिर गरे । उनले भने, ‘यो कुरा एमालेले बुझ्नुपर्छ । प्रधानमन्त्री राजीनामा माग्दा विकल्प दिनुपर्छ नत्र राजीनामा माग्न हुँदैन ।’
महामन्त्री ढकालले काँग्रेस–एमालेलाई मिलेर सरकार बनाउन पनि सुझाव दिए । उनले काँग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको दाबी गरे । ढकालले भने, ‘माओवादी सरकारमा टाँसिरहन्छ । काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने हो भने रास्वपा प्रतिपक्षमा बस्छ । २०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही हो ।’ पुराना पार्टीहरूले सरकार चलाउनुपर्ने र रास्वपा प्रतिपक्षमा बस्नुपर्ने उनको भनाई ।
अहिलेको प्रदेश सरकारबाट जनताको अपेक्षा पूरा हुन नसक्ने पनि उनले बताए । प्रदेश सरकारको माध्यमबाट नेता कार्यकर्ताको मात्र व्यवस्थापन भइरहेको उनको भनाइ छ । प्रदेश सरकार भनेको धेरै सांसद र मन्त्री मात्रै हुनु भन्ने नरहेको उनले जिकिर गरे । प्रदेशप्रति रास्वपाको विमति नरहे पनि यति धेरै सांसद र मन्त्री स्वीकार्य नरहेको ढकालले स्पष्ट पारे ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया