

पाल्पाको माथागढीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध, नदी तथा खोलामा बाढीको जोखिम


पाल्पा : सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको माथागढी–१, धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए । पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले मुस्किल परेको छ ।
पाल्पा, अर्घाखाँची, रुपन्देही र प्युठानका नदी तथा खोलामा बाढीको जोखिम
पाल्पा, अर्घाखाँची, रुपन्देही र प्युठानका नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी जिल्लामा मध्यमदेखि ठूलो वर्षा भएकाले बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले यी जिल्लाका तिनाउ र माडीसहित साना नदी तथा खोलामा बाढीको खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । अहिले यी जिल्लासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ ।
लगातारजसो झरी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम छ । भिरालो जमिन र नदी, खोला आसपास बस्नेहरुलाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया