विद्यालयबाट फर्किने क्रममा खोलाले बगाउँदा बालिकाको मृत्यु

प्यठान । प्यूठानमा खोलामा डुबेर एक १४ वर्षीय बालिकाको ज्यान गएको छ । जिल्लाको प्यूठान नगरपालिका–१० छेपाने बस्ने चेत बहादुर घर्ती मगरको छोरी १४ वर्षीय सबिना घर्ती मगरको सोही ठाउँस्थित भुसवाङ खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको हो ।

उनी स्कुल छुट्टी भई घर फर्किन लाग्दा सो खोला तर्ने क्रममा बगाई गम्भिर घाइते भएकी थिइन् । उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया