

कपिलवस्तुमा पनि थालियो नयाँ ऐन अनुसारको नागरिकता वितरण





कपिलवस्तु । कपिलवस्तुमा जन्मका आधारमा नागरिकता दिने कार्यको शुभारम्भ गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सोमवार बर्तमान संबिधान सभा प्रारम्भ हुने अघि जन्मेकालाई बशंजका आधारमा पहिलो पटक नागरिकता प्रदान गरेको हो। संबिधान सभा लाग हुनु अघि जन्मका आधारमा नागरिकता लिएका संतानलाई बंशजका आधारमा नागरिकता प्रदान गरिएको हो ।
नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ ले गरेको नयाँ व्यवस्था बमोजिम कपिलवस्तु जिल्लामा नागरिकता बितरण कार्यको शुभारम्भ भएको प्रजिअ शंकरहरि आचार्यले बताए। सबै प्रकृया र कागजातहरु पेश गरेका पछि महाराजगंज नगरपालिका १ का २४ वर्षिय सुदीप बिश्वासलाई वंशजको आधारमा नेपाली नागरिकता प्रदान गरिएको प्रजिअ आचार्यले बताए । लामो प्रतिक्षा पछि नागरिकता पाए पछि बिश्वास हर्षित भएका छन्।
अब आफुले पनि राज्यबाट प्राप्त गर्ने सबै खाले सेवा सुबिधा पाउने बाटो खुलाएको उनले बताए। स्नातक तह सम्मको अध्ययन पुरा गर्दा सम्म नागरिकताबाट बंचित हुदा आफुहरुलाई धेरै समस्या परेको उनले बताए।
‘अनागरिक मान्छे। बल्ल नागरिक भएको महसुस भएको छ’ उनले भने। लामो पर्खाई र संघर्ष पश्चात नागरिकता प्राप्त गर्न सफल भएको भन्दै आफ्नो अधिकार प्राप्त भएको भन्दै खुशी व्यक्त गरे। ‘नागरिकता नहुदा हाल सम्म जागीर लगायत अन्य कैयौं अवसरहरुबाट समेत वञ्चित हुनु परेको थियो ’उनले भने, ‘अब भने आफ्नो बाटो खुलेको छ ’ उनका बुवा सुदाम बिश्वास र आमा नानी माया आचार्यको जेठो सन्तान हुन। नेपाल नागरिकता ऐन २०६३ बमोजिम बिगतमा यस कपिलवस्तु जिल्लामा करिव पाँच हजार जाले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेकोे सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया