

नेपालमा मनसुन देशभर फैलियो





काठमाण्डौ । जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर देशभर मनसुन फैलिएको जानकारी गराएको हो । औसतभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन नौ दिन लागेको छ ।
मनसुन नेपाल प्रवेश गरेको पहिलो दिनमै कोशीसँगै बाग्मती र मधेस प्रदेशको पूर्वी भूभागमा फैलिएको थियो । विभागले निकालेको विशेष बुलेटिनमा देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आउँदो तीन दिन विभिन्न भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।
मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा र केही ठाउँमा अत्यधिक वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, भूक्षय लगायतका समस्या आउन सक्ने भन्दै विभागले खराब मौसमका कारण हुन सक्ने जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया