

आज २१ जुन अर्थात विश्व संगीत दिवस



काठमाडौं । आज २१ जुन अर्थात विश्व संगीत दिवस । हरेक वर्ष आजको दिन विश्व संगीत दिवस मनाउने गरिन्छ । आजको दिन विशेष सांगीतिक कार्यक्रम आयोजना गर्दै संगीत दिवस मनाउने गरिन्छ ।
फ्रान्सको पेरिसबाट ‘फेट डे ला म्युजिक’ नामले प्रारम्भ भएको यो महोत्सवलाई हाल विश्वका हरेक कुनामा विश्व संगीत दिवसको रूपमा मनाउने गरिएको छ । सन् १९८२ को जुन २१ तारिखका दिन पहिलो पटक विश्व संगीत दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा यो दिवस मनाइँदै आइएको छ । संगीतसँग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न ११० भन्दा बढी देशमा संगीत दिवस मनाउने गरिन्छ ।
नेपालमा विसं २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको हो । संगीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, रचनाकार, संगीतकार तथा संगीतप्रेमीहरूको सहभागितामा यो दिवस मनाउने गरिन्छ । संगीतलाई विश्वव्यापी भाषा मानिन्छ । २१ जुन दिन वर्षको सबैभन्दा लामो दिन पनि हो । आजकै दिन विश्व योग दिवस पनि मनाईंदैछ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया