

पालिका घेराउ गर्न पुगे विद्यालय कर्मचारीहरु





कपिलवस्तु । विभिन्न माग राख्दै कपिलवस्तुमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । केही दिन अघि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा पुगेर धर्ना तथा बिरोध गरेका कर्मचारीहरुले मंगलबार भने पालिका केन्द्रित आन्दोलन गरेका हुन ।
जिल्लाको बाणगंगा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरक्रत विद्यालय कर्मचारीहरुले मंगलबार नगरपालिकाको कार्यालयमा बिरोध जनाएका थिए । नेपाल विद्यालय कर्मचारी परिषद् बाणगंगाले नगरपालिका अगाडि धर्ना दिएको हो ।
आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा उल्लेख भए पनि बजेटमा नसमेटिएको भन्दै सामुदायिक विद्यालय लेखापाल, कार्यालय सहयोगि, बालबिकासका कर्मचारी लगायत विद्यालयका सम्पुर्ण कर्मचारी विरोधमा उत्रिएका छन् ।
यस्तै जिल्लाको विजयनगर गाउँपालिकामा पनि विद्यालय कर्मचारीहरुले पालिकाको कार्यालय घेराउ गर्दै बिरोध जनाएका छन् । आफूहरुका माग सरकारले समयमै सम्बोधन नगरे आन्दोलन चर्काउने विद्यालय कर्मचारी परिषदका विजयनगर अध्यक्ष हुमबहादुर थापाले बताउनु भयो ।
पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल लागू गर्नुपर्ने, संघीय शिक्षा ऐन/शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगी अवकाश पाएकालाई शिक्षकसरह सेवा सुविधा दिनुपर्ने लगायत माग राखी कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।
विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने लगायत मागप्रति सरकार उदासिन देखिएकाले विरोधमा उत्रिएको उनीहरुले बताएका छन । उनीहरुले विद्यालय कर्मचारी परिषद् केन्द्रीय समितिको निर्देशनअनुसार ६ दिनसम्म शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका थिए ।
बजेटमा नसमेटिएको र विगतमा भएका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरुले बताएका छन । मुलुकभरि ३५ हजार ६८ र रुपन्देहीमा करिब ५ सय बढी विद्यालय कर्मचारी कार्यरत छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया