

बाणगंगाका २० जना पशुपालक किसानलाई विद्युतीय च्यापकटर मेशिन प्रदान





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले पशुपालक किसानलाई विद्युतीय चापाकटर (घाँस,पराल काट्ने मेसिन) उपलब्ध गराएको छ । सोमबार नगरपालिकाले ७० प्रतिशत अनुदानमा २० जना पशुपालक किसानलाई विद्युतिय च्याफकटर प्रदान गरेको हो ।
मेसिन हस्तान्त्रण गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले नगरपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित आफुहरुले काम गरिरहेको बताए । उनले मेसिनको प्रयोगले व्यवसायिक किसानहरुलाई पशुपालनमा सहजता ल्याउने र उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । नगर प्रमुख अर्यालले कृषि उपकरणले लागत घट्ने र उत्पादन बढ्ने हुँदा किसानहरुले प्रत्यक्ष फाईदा लिन सक्ने बताए ।
लगानी अनुसारको प्रतिफल दिन नसके सो लगानीको कुनै अर्थ नहुने उनको भनाई छ । नगरप्रमुख अर्यालले व्यवसायीक कृषकलाई प्रोत्साहित गर्न विगतदेखि नै नगरपालिका प्रतिवद्ध रहेको र आगामी दिनमा थप यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने बताए ।
पशुसेवा शाखा प्रमुख राजकुमार तिवारीका अनुसार नगरपालिकाले मेशिनका लागी खुलाएको सुचनाका आधारमा ३६ वटा आवेदन परेको र त्यसमध्ये मापदण्ड पुरा गरेका २० जना किसानलाई छनोट गरि मेशिन प्रदान गरिएको हो । शाखा प्रमुख तिवारीले व्यवसायीक पशुपालनलाई सहयोग गर्दै किसानलाई प्रोत्साहन गर्न मेशिन प्रदान गरिएको बताए । जसले दुध उत्पादन वृद्धि ल्याउने उनको विश्वास छ । बाणगंगा नगरपालिकाले किसानको सेवामा समर्पित भएर काम गरिरहेको उनले दाबी गरे ।
अनुदानमा मेशिन पाए किसानहरुले खुशि व्यक्त गर्दै अब थप समयको बचत हुने र उत्पादन बढाउन मद्दत पुग्ने बताएका छन् । ३४ हजार ८ सय १५ रुपैयाँ मूल्यमा खरिद गरिएका ति मेशिन ७० प्रतिशत नगरको अनुदानमा किसानलाई हस्तान्तरण गरिएको हो । बाणगंगा नगरपालिकाले हरेक आर्थिक बर्षमा पशु विकास शाखाका लागी मात्रै ८० लाखदेखि एक करोड २० लाखसम्म विनियोजन गर्दै आएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया