

दाङ : पानीको हाहाकार, प्यास मेटाउन दमकलको सहारा



दाङ
दाङको प्रवेशद्वारको रुपमा रहेको गढवा गाउँपालिका वडा नम्बर ८ को कोइलाबासमा यति बेला पानीले हाहाकार मच्चिएको छ। बिगत केही दिनदेखि तेज गर्मीका कारण कारण कोईलाबास पानी संकट झेलीरहेको छ।
कुवाहरु सुकि सकेका छन्। धारामा पानी चुहिन छाडेको कैयन दिन बितिसक्यो। नेपाल भारत सिमानामा पर्ने दाङको कोइलावासमा हरेक वर्षझैं यस वर्ष पनि पिउनेपानीको समस्या सुरु भएको छ। गर्मी मौसम बढेसँगै कोइलावासका स्थानीय खानेपानीको चरम संकटमा छन्। वस्ती छेउँमा खोला छ। तर पानी छैन्। यही खोलाको ढुंगा, गिट्टी उत्खनन् गरेर भारत निकासी गरियो त्यसपछि यहाँ खानेपानीको हाहाकार मच्चिन थालेको स्थानीयहरु बताउछन्।
भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएका कोइलाबासबासी यति बेला भने भारतीय पक्षले त्यही पानी पनि बन्द गरिदिदा थप समस्यामा परेको स्थानीयहरु बताउछन्। नेपालीलाई पानी दिएबापत एसएसबीले नेपालको बिजुली प्रयोग गर्दै आएको छ ।
कोइलाबासमा पानी संकट भएको खबर पाए पछि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिकाको दमकल प्रयोग गरेर कोइलाबासमा पानीको समस्या समाधान गर्न अग्रसरता देखाएका छ्न । शनिवार गढवा खानेपानी बाट दमकल भरी पानी लिएर अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ५ नम्बर वडाका वडाध्यक्ष लेख बहादुर थापा सहितको टोली कोइलाबास गाउमा विहानै पुगेर पानी वितरण गरेको छ त्यसैगरी सोमवार बिहानै पुन पानि लिएर गढवा गाउँपालिकाको दमकल कोइलाबास पुगेको छ।
करिव दुई सय घरपरिवार रहेको कोईलाबासमा अहिलेसम्म खानेपानीका लागि एउटा मात्रै बोरिङ छ तर गर्मीयाममा त्यही बोरिङ पनि सुक्छ र पानी संकट देखिने गरेको शान्ति पुनर्स्थापना गृह काेइलाबासकी सिमा जीसीले बताइन ।
नेपाली भु-भागमा पानीका स्रोतहरु सबै सुकेपछि कोइलावासबासीहरु भारतमा पुगेर पानी ल्याउन बाध्य हुन्छौ तर समय सधै एकनास हुदैन र सधै सम्भव हुदैन सशस्त्र प्रहरी बल नेपालका एक जवानले भने। कुनै बेला राप्ती अञ्चलकै व्यापारिकद्वार रहेको कोइलावास अहिले भने बाटो बनेता पनि पहिले जस्तो चहलपहल नभएकोले आर्थिक समस्या झेलीररेको छ।
खानेपानीको समस्या हुन नदिन गढवा गाउँपालिकाको दमकलबाट पानी दैनिक रुपमा कोइलाबास सप्लाई गरिने गढवा गाउँपालिकाले जानकारी दिएको छ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया