स्वर्गद्धारीबाट फर्किदै गरेको जिप प्यूठानको भिङ्ग्रीमा दुर्घटना, ८ जनाको मृत्यु

प्युठान । प्युठानको स्वर्गद्धारी मन्दिरबाट फर्किदै गरेको जिप आज दिउसो दुर्घटना हुदा जिपमा सवार सबै यात्रुको ज्यान गएको छ । जिप दुर्घटनामा जिपमा सवार ८ जना यात्रुको मृत्यु भएको जनाइएको हो ।

प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका ८ जना तीर्थयात्रीको मृत्यु भएको प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए। स्वर्गद्वारी नगरपालिका–४ उपल्लो भिङरीमा लु १ च ६३४५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार ८ जना सिकिस्त भएका थिए। उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

४ जना बालबालिकासहित २ जना महिला र २ जना पुरुषको मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए। उनका अनुसार मृतकहरुको सनाखत भने हुन बाँकी छ।

प्रतिक्रिया