प्यूठानको स्वर्गद्वारीबाट फर्किदै गरेको गाडी भिङ्रीमा दुर्घटना, ८ को अवस्था गम्भिर

प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किएको निजी गाडी दुर्घटनामा परेको छ । तीर्थयात्री सवार रहेको लु १ च ६३४५ नम्बरको निजी गाडी स्वर्गद्वारी नगरपालिका–४ भिङ्रीमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गाडीमा ८ जना सवार रहेका थिए । गाडीमा २ महिला, २ पुरुष र ४ बालबालिका सवार रहेको बताइएको छ । घाइते आठै जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

अहिले दुर्घटनामा परेकालाई उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने क्रम जारी रहेको प्रहरीले जनाएको छ । हाल उद्धारको कार्य जारी रहेकाले यकिन जानकारी केही समयपश्चात् मात्र आउने बताइएको छ ।

प्रतिक्रिया

खबर सबै