मलेसियामा गरिएको दोस्रो सिल्भर अन्तरराष्ट्रिय संगीत कार्यक्रममा दर्जन बढी व्यक्ति सम्मानित

मलेसिया । प्रियसी म्युजिक प्रा।लि।को आयोजना तथा उद्दार खवरको समन्वयमा जुन ११ (आइतबार) मलेसियाको क्वालालाम्पुरमा दोस्रो सिल्भर अन्र्तराष्ट्रिय संगीत सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरु सम्मानित समेत भएका छन् ।

कार्यक्रमका लागी नेपालबाट नायक तथा मोडल पल शाह, आधुनिक गायक एस कुमार, राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय अध्यक्ष,फिल्म निर्माता तथा गायक बिक्रम जंग शाह, मध्यपुर ठिमी नगरपालिका पुर्व नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक राजेन्द्र पुरी, मोडल अमन श्रेष्ठ कलाकार घमेश दुलाल,नवराज घोरासैनी ,बिश्व हिन्दु महासंघका महासचिव उत्तमराज भन्डारी ,जिवन परियार,सन्ध्या सानु,आशा लामा ज्ञानमाला,थानेश्वर अधिकारी,केशव भुसाल,राजेश बर्देवा लगायतलाई सम्मान गरिएको निर्देशक राजेन्द्र पुरीले बताउनु भएको छ ।

सो कार्यक्रम नेपालमा रहेर गीत संगित,पत्रकारिता र सामाजिक रुपान्तरणका क्षेत्रमा सहयोग पुर्याइरहेका करिव २९ जना ब्यक्तिहरुलाई सम्मान गरिएको राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय अध्यक्ष बिक्रम जंग शाहले बताउनु भएको छ ।

कार्यक्रममा बरिष्ठ कलाकार घमेस दुलाल, नवराज घोरासैनी ,जीवन परियार, सन्ध्या सानू, आसा लामा लगायतको प्रस्तुती रहेको थियो । मलेसियामा रहेका सयौ नेपालीहरुको उपस्थितले कार्यक्रम मा रौनकता थपिएको थियो सो सम्मान कार्यक्रम सँगै थाईल्याण्ड,मलेसिया र सिंगापुर गरी तिन देशको भ्रमण गरिएको व्यवस्थापक अमन श्रेष्ठले बताउनु भएको छ ।

कार्यक्रम राजेन्द्र पुरिको अध्यक्षता, मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आथित्यता, मदन दास श्रेष्ठको स्वागत , रास्ट्रीय संगीतकर्मी संघका अध्यक्ष बिक्रम जङ्ग शाहले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको कार्यक्रमको सन्चालन राजेश बर्देवाले गर्नु भएको थियो । कार्यक्रममा चार्चित नायक पल शाह र गायक एस कुमारलाई विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रिया

खबर सबै