

गर्मी घट्ने अवस्था नदेखिएपछि बाणगंगाका विद्यालय असार १ सम्म बिदा





कपिलवस्तु । अत्यधिक गर्मी बढेपछि बाणगंगा नगरपालिकाले थप ५ दिन विद्यालय विदा दिएको छ । मौसममा सुधार नदेखिएको भन्दै नगरपालिकाले असार १ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको हो ।
हाल कपिलवस्तुको अधिकतम तापक्रम ४३ डिग्री सेल्सीयस र न्यूनतम तापक्रम २७ डिग्री सेल्सीयस रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै केहिदिन रहने शाखाले जनाएको छ ।
बाणगंगा नगरपालिकाले गत जेठ २२ गतेदेखि २८ गतेसम्म विदा दिएको थियो । गर्मी झन बढ्दै गएपछि नगर शिक्षा समितिको आईतबारको बैठकले थप ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
अब नगरका सामुदायिक र संस्थागतसबै विद्यालयमा असार ३ गतेदेखि नियमित पठनपाठन सुरु हुने नगरपालिकाले जनाएको छ । पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
यसैबीच आइतबार अपराह्न्न भने बाणगंगाको उत्तरी क्षेत्रका केही स्थानमा भने वर्षा भएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया