कपिलवस्तुमा सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

कपिलवस्तु । सेवा सुविधा बढाउन माग गर्दै कपिलवस्तुका सामुदायिक विद्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । विद्यालयको ताला चाबी सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरुले आइतबार शिक्षा विकास तथा समन्वय एकाई तौलिहवामा दिनभर धर्ना दिन आएका हुन् ।

आन्दोलन परिचालन समितिका अनुसार सामुदायिक विद्यालयमा न्यून बेतनमा काम गर्नु परेको अवस्थामा अहिले सरकारले विद्यालय कर्मचारीका लागि १३ हजार रुपैयाँ पठाउने गरेको भए पनि नयाँ बजेटमा कुनै सम्बोधन नभएको उनीहरुले बताएका छन् ।

कतिपय स्थानीय पालिकाले केही रकम थप गरेर दिने गरेको भए पनि विद्यालय कर्मचारी न्यून पारिश्रमिकमा काम गर्नुपरेको कर्मचारीहरुको गुनासो छ । कर्मचारीहरुको पूर्ण सेवा सुविधासहित पेसागत स्थायित्वको विषयमा सरकारले चासो नदिएको समेत आन्दोलनरत कर्मचारीको आरोप छ ।

बजेट परिमार्जन गरेर जतिसक्दो छिटो सेवा सुविधा वृद्धि गर्न कर्मचारीहरुले माग गरेका छन् भने जेठ २६ गतेसम्म जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने कार्यक्रम उनीहरुले तय गरेका छन् ।

जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनशन बस्ने नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ । असार २ गतेदेखि माग सम्बोधन नहुन्जेल सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने समेत उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया

खबर सबै