

कपिलवस्तुका ५ पालिकामा सोमबार देखि विद्यालयमा गर्मी बिदा



कपिलवस्तु । अत्याधिक गर्मी बढेसँगै कपिलवस्तुका पाँच पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका, कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाले आज निर्णय गर्दै विद्यालयमा गर्मी बिदा दिएका हुन् ।
यस अघि बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाले सोमबार देखि लागु हुने गरी बिदाको निर्णय गरेका थिए । आइतबार तीन पालिकाले सूचना जारी गर्दै बिदाको निर्णय सार्वजनिक गरेका छन् ।
बुद्धभुमि र कृष्णनगर नगरपालिकासहित शुद्धोधन गाउँपालिकाले सोमबार भोलि देखि आउँदो शुक्रबार सम्म बिदाको निर्णय गरेका छन ।
यी तीन पालिकामा ५ दिन बिद्यालय बिदा हुने भएका छन भने बाणगंगा र कपिलवस्तु नगरपालिकाले ६ दिन बिदा दिएका छन् ।
तराईका जिल्लामा अत्याधिक तापक्रम बृद्धी भएपछि अहिले धमाधम पालिकाहरुले बिद्यालयमा बिदा दिने निर्णय सार्वजनिक गरिरहेका हुन् । विशेष गरी विद्यालयमा प्रयाप्त भौतिक पूर्वाधारको अभाव र दिउसोको समयमा चल्ने तातो हावाका कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या भएका कारण अहिले पालिकाहरुले विद्यालयमा गर्मी बिदा दिएका हुन ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु









प्रतिक्रिया