नागरिकता विधयेक बिरुद्ध राष्ट्रिय युवा संघ कपिलवस्तुले बुझायो ज्ञापनपत्र

हरि आचार्य, कपिलवस्तु । नेपाल सरकारले ल्याएको नागरिकता विधयेक प्रमाणिकरण र भारत सरकारले “अखण्ड भारत” को नाममा हाम्रो भुगोल समावेश गरेको कार्य सच्याउन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले जोड्दार माग गरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारत सरकारले “अखण्ड भारत“ को नाममा हाम्रो भुगोल ऐतिहासिक, पर्यटकीय स्थल लुम्बिनी र कपिलवस्तु समावेश गर्दा पनि नेपाल सरकार चुइक्क नबोलेको र भारतलाई खुसी पार्न नेपाल सरकारको मन्त्रीपरिषद्बाट गैर संवैधानिक तवरबाट राष्ट्रपतिबाट नागरीकता विधेयक प्रमाणीकरण गरीएको कार्यप्रति खेद प्रकट गर्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीको हस्ताक्षरीत प्रेस विज्ञप्ति कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरिएको हो ।

ज्ञापन पत्रमा एउटा गलत व्यक्तिको हातमा शासनसत्ता पर्याे भने देशले र जनताले कालान्तरसम्म पनि दुःख भोगीरहनुपर्छ भन्ने उदाहरणका रुपमा तत्कालका शासकहरुलाई हेरे पुग्छ, हाम्रो छिमेकी देश भारतले तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलिको कार्यकालमा भएका नाकाबन्दी र हाम्रो भुगोल लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितको चुच्चे नक्सा जारी भएपछि हाम्रो राष्ट्रियता र भुमि माथी निरन्तर हस्तक्षेपको रणनीति गर्दै गरीएका हस्तक्षेपकारी क्रियाकलाप, विदेशी महिलाले विवाह गरेकै दिन नागरीकता पाउने गरी नेपाल सरकारले ल्याएको विधेयक प्रमाणीकरण गरी नेपाल सरकार र सम्माननीय राष्ट्रपतिले इतिहासमै कलंकीत कार्य गरेको ठहर गर्दै भारत भ्रमणका क्रममा सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्रीलाई गरिएको अपमान पनि नेपाली जनतालाई स्विकार्य हुन हुन नसक्ने भन्दै यस्तो अपमानजन्य गतिबिधी प्रती घोर भर्त्सना गरिएको छ ।

त्यस्तै नेपाल सरकारले दिनप्रतिदिन यसरि नै राष्ट्रहित र संविधान विरोधी क्रियाकलाप गर्दै लोकतन्त्रकै उपहास गर्ने कार्य गर्दै गए राष्ट्र र राष्ट्रियता बचाउन ज्यानको बाजी थापेर भएतापनी चरणवद्ध आन्दोलनको आधिवेहरी श्रृजना गर्न राष्ट्रिय युवा संघ नेपाल बाध्य हुने चेतावनी समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देशकै सबैभन्दा ठूलो र शक्तिशाली संगठन, राष्ट्रिय युवा संघ नेपाल सदैव सामुदायिक हक, हित र अधिकारको पक्षमा मात्र नभई समग्र राजनीतिक एवं सामाजिक अन्दोलनमा समेत अगुवाई गर्दै आइरहेको संगठन हो भन्ने कुरा सर्वविदितै रहेको र देशमा भएका आम राजनैतिक परिवर्तनको अन्दोलनमा समेत जुझारु एवं नेतृत्वदायी भूमिका निर्वाह गरेको संगठनले राष्ट्रियता, जनजिविका एवं सामाजिक न्यायको आन्दोलनमा हरेक पटक अग्रणी भूमिका खेलिरहेको समेत उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले ज्ञापन पत्र तत्काल सम्बन्धि निकायमा पठाउने बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्री, एमाले जिल्ला कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य धनु अधिकारी, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य पुर्ण चन्द्र परियार, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्यद्धय विनोद भट्राई, अस्मिता चुँदाली क्षेत्री, जिल्ला सचिवालय सदस्यहरु राम प्रसाद भुसाल, आलम शाह मुसलवान, जिल्ला कमिटी सदस्य नविन राना, मायादेवी गाउँकमिटी अध्यक्ष अस्फाक आलम मुसलमान, बाणगंगा नगर कमिटी सचिव टंक प्रसाद पाण्डे लगायतको टोलिले ज्ञापन पत्र बुझाएको हो ।

प्रतिक्रिया