

दाङको एक इलेक्ट्रोनिक पसल गोदाममा आगलागी हुँदा लाखौँको क्षति



घोराही । दाङको घोराहीमा रहेको एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका –१५ को शहिदगेट रोडमा रहेको बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिनुभयो ।
गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको सहयोगमा करिव एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका उपरीक्षक वलीका अनुसार आज बिहान करिव साढे ११ बजेतिर पसलको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरी प्रमुख वलीले भन्नुभयो, ‘इलेक्ट्रोनिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भैरहेको छ ।’
उहाँले आगलागीको घट्ना दिउँसो भएको र समयमै आगो नियन्त्रणमा आउँदा क्षति कम भएको बताउनुभयो । उहाँका अनुसार प्रहरीले क्षतिको बिवरण संकलनको काम गरिरहेको प्रहरी प्रमुख वलीले जानकारी दिनुभयो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया