

विजयनगरका २ सय ८० जना छात्राहरुलाई साइकल बितरण





कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले पालिका भित्रका विद्यालय उमेर समुहका छात्राहरुलाई साइकल वितरण गरेको छ ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मंगलबार २ सय ८० जना छात्राहरुलाई एक एक थान साइकल वितरण गरिएको हो । गणतन्त्र दिवसको अवसरमा छात्राहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
गाउँपालिकाले शिक्षामा छात्राहरुलाई आकर्षित गर्नका लागि ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान सञ्चालन गरि शिक्षामा जोड दिएको जनाएको छ । आधारभुत तहपछि छात्राहरूले विद्यालय छोड्ने क्रम रोकिने र उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने उद्धेश्यले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान चलाएको गाउँपालिकाले बताएको छ ।प्रदेश सरकार र विजयनगर गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त सामग्री वितरण गरिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।
गाउँपालिकाले २ सय ८० जना छात्रालाई साइकल र ४ सय ३२ जना छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको हो । गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ का विद्यार्थीलाई झोला, एक÷एक दर्जन कपी, कलम प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले छात्राहरुलाई शिक्षामा पहुँच पु¥याउनका लागि प्रोत्साहन स्वरुप ४ वर्षदेखि निरन्तर साइकल र शैक्षिक सामग्री वितरण गर्दै आएको बताए । उनले यस विद्यार्थीलाई साइकल र शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यालयमा भर्ना दर बढेको बताउँदै विद्यार्थीहरुमा पढ्ने उत्साह समेत बढेको र अभिभावकहरुमा शिक्षाप्रति चेतना बृद्धि भएको बताए । अभिभावकले छोरीलाई पढाउनु पर्छ भन्ने सोँचमा परिवर्तन आएको बताउँदै शिक्षामा यस अभियानले टेवा पुगेको अध्यक्ष थापाले दावी गरे ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया