

अखण्ड भारतको नक्सामा नेपालका भूभागहरु समावेश : रुपन्देही एमालेद्धारा आपत्ती



रुपन्देही। भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएको भन्दै नेकपा (एमाले) रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम उल्लेख गरिएको छ ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले एक विज्ञप्ती जारी गर्दै भारतले हालै उद्घाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू–भाग कपिलवस्तुलाई पनि समावेश गरिएको खवर सार्वजनिक हुनु आपत्तिजनक रहेको उल्लेख गर्नुभएको छ । विज्ञप्तीमा यसबारेमा नेपाल सरकारको धारणा यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरिएको छ ।
ूनेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भु–भाग समेटेर नयाँ नक्सा जारी गरेको र सो नक्सा अनुसार नेपालको भु–भाग अझै फिर्ता नआइसकेको सन्दर्भमा नेपालको भूमि फिर्ता गर्नुको साटो थप भु–भागलाई आफ्नो नक्सामा राखेर भारतले छिमेकी मित्र राष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछौं,ू विज्ञप्तीमा उल्लेख छ ।
यस्ता गम्भीर र विवादास्पद विषयप्रति समयमै सम्वेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसँग आपत्ति जनाउन र उक्त नक्साबाट नेपालको भु–भाग हटाउनेतर्फ ठोस पहल गर्न एमाले रुपन्देहीले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया