

कपिलवस्तुका जनप्रतिनिधिहरुले भने, ‘अन्धोपन न्यूनीकरणमा सबैको सहयोग चाहिन्छ’





कपिलवस्तु । कपिलवस्तुका जनप्रतिनिधिले सबैको सहकार्य र एकताले मात्र अन्धोपन न्यूनीकरण हुने बताएका छन्। सहभागीहरूले अझै पनि अधिकांश व्यक्ति आँखा स्वास्थ्य सेवाबाट वञ्चित भएको भन्दै जनताको सेवा गर्न आफूहरूले पनि साझेदारी गर्ने बताए।
कपिलवस्तुको चन्द्रौटामा शनिवार आयोजित कार्यक्रममा महाराजगन्ज नगरपालिका नगरप्रमुख अब्दुल कलामले अन्धोपन न्यूनीकरणका लागि आफू २० वर्षदेखि अन्धोपन न्यूनीकरण साझेदारीमा प्रतिबद्ध रहेको बताए। उनले आफ्नो पालिकामा रहेको अन्धोपन न्यूनीकरण र छन्द कालोबाबु नारायणी आँखा अस्पतालको वृत्ति विकासका लागि आफूहरू तयार रहेको बताए। ‘हिजो पनि हाम्रो सहयोग रहेको थियो भोलि पनि रहने छ्’‚ उनले भने।
त्यस्तै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले आफूहरूले आँखा अस्पताललाई विगतदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि हुने स्पष्ट पारे। सबैको समन्वय र सहयोगले मात्र अन्धोपन न्यूनीकरण हुने बताए।‘हामी सहयोगका लागि सधैँ तयार छौँ‚ साझेदारी र सहयोग हुनेछ’‚ उनले भने।
त्यस्तै छलफल कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख अजय थापाले छन्द काले बाबु नारायणी आँखा अस्पतालसँग मिलेर विभिन्न शिविर तथा आँखा सम्बन्धी कार्यक्रम सञ्चालन भएको भन्दै साथ र सहयोग रहने बताए।
‘अन्धोपन न्यूनीकरणमा साझेदारी सहित हामी सहयोग गर्न तयार छौ’‚ उनले भने। कार्यक्रममा प्रमुख प्रशासक सम्शेर थापाले सहयोगी दातृनिकाय, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीतिको विषयमा सहभागीलाई प्रकाश पारेका थिए।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया