
नक्कली शरणार्थी प्रकरणमा प्रहरीभित्रै टक्कर

काठमाडौं
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ ।
एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो ।
खासगरी आइजिपी वसन्त कुँवर र सचिव टेकनारायण पाण्डेबीचको संवादको स्क्रिन सट सार्वजनिक भएपछि प्रहरीभित्रको टक्कर सतहमा आएको हो ।
एकै ब्याचका तर अहिले आइजिपी भएका कुँवर र एआइजिपी श्याम ज्ञवालीबीचको टक्कर सतहमा आएको हो ।
एआइजी ज्ञवालीमा तहतमा अनुसन्धान भइरहेको भुटानी शरणार्थी प्रकरणमा एक वर्षअघि एसएसपी रहेका हालका आइजिपी कुँवर र सचिव पाण्डेबीच भएको संवाद सार्वजनिक गर्ने भूमिकामा ज्ञवाली रहेको भन्दै कुँवरले असन्तुष्टि व्यक्त गरेका छन् ।
२०७९ असार ८ गते डिआइजीमा बढुवाबाट सुरु भएको कुँवर र ज्ञवालीबीच शक्तिकेन्द्रनजिकमा को पुग्ने र को महानिरीक्षक बन्ने भन्ने विवाद अहिले उत्कर्षमा पुगेको र एसएमएस संवाद सार्वजनिक भएको हो ।
त्यतिबेला पछाडिबाट १२ औं नम्बरमा रहेका कुँवर एक नम्बरमा बढुवा भएपछि ज्ञवाली भने ५ नम्बरमा डिआइजी भएका थिए ।
आफ्नो एक नम्बर बरियता कायम राख्दै कुँवर आइजिपी भएका थिए ।
त्यसअघि मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस २२ गते कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएका थिए। उनी त्यहाँ २०७९ असार १७ गतेसम्म कार्यरत रहे ।
त्यसक्रममा नक्कली भुटानी शरणार्थी पीडितहरूको उजुरीका आधारमा २०७९ जेठ २८ गते केशव दुलाल र टंक गुरुङ पक्राउ परेका थिए । तर उनीहरूलाई सामान्य सोधपुछ गरेर रेकर्ड नै नराखी सचिव पाण्डेको दबावमा छाडिएको थियो ।
सो रेकर्डमै नराखी छाडिएको घटना अहिले बाहिर ल्याइएपछि यसको दोष ज्ञवालीमाथि गएको छ ।
आइजिपीका प्रतिस्पर्धी भएका कारण ज्ञवालीले कुँवरबारे यस्ता विषयहरू बाहिर ल्याएको हुन सक्ने आशंका आइजिपी स्वयंले गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
यो खबर आजको नागरिक दैनिकमा छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया