

बुटवल उपमहानगरद्धारा ४९ बुँदे वार्षिक उपलब्धी सार्वजनिक





बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आफ्नो एक वर्षे प्रगति तथा उपलब्धी सार्वजनिक गरेको छ । जनप्रतिनिधिहरुले आफ्नो कार्यभार सम्हालेको मंगलबार एक वर्ष पूरा भएको अवसरमा ४९ बुँदे प्रगती विवरण उपमहानगरपालिकाले सार्वजनिक गरेको हो ।
२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे बुटवल उपमहानगरको प्रमुख र नेकपा एमालेकी सावित्रादेवी अर्याल उपमेयर निर्वाचित हुनुभएको थियो । नगर प्रमुख पाण्डेले मंगलबार प्रगती विवरण सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा निर्माणाधीन १५/१५ शैयाका अक्सिजनसहितका दुई अस्पताल चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने बताउनुभयो ।
एक वर्षको बीचमा भएका महत्वपूर्ण कामको चर्चा गर्दैै नगर प्रमुख पाण्डेले आधुनिक पशु वधशाला निर्माण सम्पन्न भएको, बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाइ वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको, बुटवल १५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गामा हरियाली बसपार्क निर्माणका प्रक्रिया अगाडि बढाइएको समेत बताउनुभयो ।
त्यसैगरी, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन गरिएको, मोतिपुर औद्यौगिक क्षेत्रको जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच भईसकेको, लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेपनि बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सुचना जारी गरी प्रमाणपत्र वितरणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको प्रगती प्रतिवेदनमा उल्लेख छ ।
नगर प्रमुख पाण्डेले बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षारोपण गरी सुरक्षित बनाउने कार्य भएको र ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गरिने बताउनुभयो ।
त्यसैगरी, तिनाउ नदी किनार र सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भइरहेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत्, इन्टरनेट, केवलका तारहरुले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको उल्लेख छ।
उता आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाणपत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन, बुटवल १५ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक पूर्वाधार र अनुमति प्राप्तिका लागि प्रक्रिया अगाडि बढेको उल्लेख छ ।
बुटवलको कालिकापथ, ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको उल्लेख छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया