

लुम्बिनीका थप तीन मन्त्रीले लिए शपथ





बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री चौधरीले तीन जना मन्त्रीलाई नियुक्त गर्दै मन्त्रीपरिषद सात सदस्यीय बनाएका हुन । नियुक्त भएका तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ पनि लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ २ (१) का राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बनेका रुपन्देही ५(२) का चन्द्रकेश गुप्ता, जसपाका कृषि तथा भूमि व्यवस्था मन्त्री बाँके २(१) का भण्डारीलाल अहिरले प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको आज शपथ लिएका हुन् ।
तीनै जना मन्त्रीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मन्त्रीमा नियुक्त गरेका थिए । तीन मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । ८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा दाङको ३ (१)बाट निर्वाचित चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धनमा ८ दल भएकाले मन्त्रालय भागबण्डा र आफ्नै पार्टी कांग्रेसभित्रको विवादले मन्त्रीपरिषद् विस्तार रोकिएको थियो । विभागीयमन्त्री अभावमा बजेट निर्माणमा समस्या परेको दबाब बढेपछि मुख्यमन्त्री चौधरीले सोमबार कांग्रेसबाट १, जनमतबाट १, जसपाबाट १ जना मन्त्री थप गरेका हुन् ।
यसअघि वैशाख १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री नियुक्त भएका थिए । माओवादीका मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
नागरिक उन्मुक्ति पार्टीका चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री र लोसपाका पाण्डेयलाई सोमबारदेखि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया