

जनसेवा आधारभूत विद्यालयमा गरियो पोषणयुक्त खानाको प्रर्दशनी





पवनराज पाण्डे, कपिलवस्तु । कपिलवस्तुको बाण्ांगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधरभूत विद्यालयमा आइतबार विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम अन्र्तगत पोषणयुक्त खानाको प्रर्दशनी गरिएको छ ।
सन्तुलित भोजन गरौँ, स्वास्थ रहौँ, हरेक बार खाना चार भन्ने नाराका साथ विद्यालय प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले शरीरलाई शक्ति दिने, शरिरको रक्षा गर्ने र शिरीर बृद्धि गर्ने खानाका छुट्टाछुट्टै स्टल बनाएर प्रदर्शन गरेका थिए भने एउटा स्टल स्थानीय स्तरमा पाइने जडिबुटीजन्य वनस्पतीको समेत प्रर्दशनीमा राखिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गिता रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शैलेन्द्र बेल्वासेले बालवालिकाहरुको सर्वाङ्गिण विकासका लागि सन्तुलित भाजनमा अभिभावकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले राज्यले बच्चाको पोषणका लागि गर्भावस्ता देखि पाँच वर्ष सम्म नै लगानी गरिरहेकाले त्यस पछि अभिभावकले समेत आफ्ना बालवालिकालाई पोषणयुक्त खानामा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
यस्तैक कार्यक्रममा कपिल स्वास्थ्य सेवा केन्द्र बाणगंगा ९ का अध्यक्ष आत्मराम आचार्यले खानाले मानिसको शारीरिक, मानसिक र बौद्धिक विकासमा मुख्य भुमिका खेल्ने भएकाले हरेक नागरिकले आफ्नो नियमित खानपानमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले हामीले आफ्नो दैनिक खानामा ध्यान दिन सके रोगमुक्त हुन सकिने समेत बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले बलवालिकाहरुको खानपानमा ध्यान दिने जिम्मेवारी अभिभावकको भएकाले अभिभावक र विद्यार्थी सबैलाई जानकारी हुने गरी यो प्रर्दशनी गरीएको बताउनुभयो । उहाँले प्रर्दशनीमा राखिएका खानाका परिकारलाई दैनिक आफ्नो भान्छामा प्रयोग गर्न पनि जोड दिनुभयो ।
विद्यालयका शिक्षक भोजराज थारुको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा बालविकास देखि कक्षा ८ सम्मका विद्यार्थीहरु र उनीहरुका अभिभावकलाई पोषणयुक्त खानाको अवलोकन गराइएको विद्यालयले जनाएको छ । कार्यक्रममा वडा नम्बर ८ का टोलविकास संस्थाका अध्यक्षद्धोय यमलाल भुषाल र जुवारीलाल घिमिरे लगाएतको आतिथ्यता रहेको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प













प्रतिक्रिया