

मिटर ब्याज पिडितले दिए धमाधम उजुरी, थपियो समय





राजेन्द्र खनाल, कपिलवस्तु । अनुचित लेनदेन (मिटर ब्याज) पिडितहरुले उजुरी दिन पाउने समयावधि एक हप्ता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
सरकारले मिटर व्याज पिडित नागरिकहरुका उजुरी संकलन गर्नेकाम अहिले जिल्ला प्रशासन कार्यालय मार्फत गरिरहेको छ । कपिलवस्तुमा जेठ ७ गते सम्म आफ्ना उजुरी दर्ता गराउन सकिने गरी समय थप गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । यस अघि वैशाख ३१ गते सम्म मात्रै उजुरी दिन सकिन मिति तोकिएको थियो ।
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी छानबिन आयोगले पीडितबाट उजुरी आह्वान गरेको छ भने अहिले दिनहुँ जिल्ला प्रशासन कार्यालयबाट उनीहरुका उजुरी दर्ता गराउने गरिएको छ । कार्यालय स्थापना सँगै आयोगले मिटर ब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरुको निवेदन आह्वान गरेको हो ।
प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको आयोगले जनाएको छ भने कपिलवस्तुमा पनि जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापन गरि उनीहरुका उजुरी लिने गरिएको छ।
जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले निवेदन फाराम भराइ दिने प्रवन्ध गरिएको छ । निवेदन वैशाख १७ गते देखि ३१ गतेसम्म १५ दिन भित्र दिनुपर्ने समय सीमा तोकिएको भए पनि आयोगले थप एक हप्ता समय थप गरेको जनाएको छ । अब जेठ ७ गते सम्म पिडितले उजुरी दिन पाउने छन् । पिडितले आफूसँग भएसम्मका सबुत प्रमाण पेश गरी जिल्ला प्रशासन कार्यालयको अनुचित लेनदेन (मिटर व्याज) पिडितको फारम भरी उजुरी दिन सक्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुमा अहिले सम्म जम्माजम्मी ५६ जनाले आफू पिडित रहेको भनि उजुरी दिएका छन् भने उनीहरुले ६५ जनालाई विपक्षी बनाएर उजुरी दिएको सहयाक प्रमूख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । उहाँका अनुसार वैशाख १७ गते देखि पिडितका उजुरी लिन सहयाता कक्षा स्थापना गरिएको भए पनि त्यस अघि नै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका दुई वटा मुद्धाको समाधान भइसकेको छ । अहिले अवश्यक कार्वाही प्रक्रिया अगाडी बढेर अदालमा गएका मिटर व्याज पिडित सम्बन्धित ७ मुद्धा छन् । सहायता कक्षा स्थापना भन्दा अघिका अन्य २० वटा यस्ता मुद्धा अहिले कार्वाही चरणमा रहेको र उनीहरुका बिचमा छलफल र जाँचबुझ भइरहेको पनि सहायक प्रमूख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा हाल सम्म ५६ जना पिडितले आफ्नो उजुरी फारम दर्ता गरेको र ती मध्ये २ वटाको समधान र ७ वटा अदालतमा पुगिसेको अवस्थामा अहिले थप भएको एक हप्ताको समयमा उजुरी संख्या थप भए अझै बढ्ने देखिएको छ ।
सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प












प्रतिक्रिया