

लुम्बिनी प्रदेशमा माओवादीका मास्की बने आर्थिक मामिला मन्त्री



रूपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिलामन्त्रीको जिम्मेवारी नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्कीले पाएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
उनलाई आइतबार नै आर्थिक मामिलामन्त्रीको जिम्मेवारी दिने तयारी भए पनि माओवादीकै प्रदेशसभा सदस्य कृष्णा केसीले विरोध गरेपछि रोकिएको थियो । केसीले माओवादीले भौतिक पूर्वाधार विकासमन्त्री नपाए आफूले आर्थिक मामिला मन्त्रालय पाउनुपर्ने अडान राखेपछि नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई दिन लागिएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी भने रोकिएको छ । केसीकै कारण आइतबारको जिम्मेवारी बाँडफाँट पनि अन्तिम समयमा रोकिएको थियो ।
मास्की वैशाख १५ गते बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । मास्की दाङको निर्वाचिन क्षेत्र नं। ३ (२)बाट निर्वाचित हुन् । उनीसँगै नियुक्त भएका उन्मुक्तिका चौधरी र लोसपाका सन्तोषकुमार पाण्डेय भने अझै बिनाविभागीय नै छन् ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया