जेठ १ गते प्रगतिशील लोकतान्त्रिक मोर्चा घोषणा गरिदै

काठमाडौ । देशमा नेपाली काङ्गेस, कम्युनिस्ट पार्टी र मधेसबादी दलहरुको बिकल्पमा सत्तरीको दशक यता उदाएका एक दर्जन बढी नयाँ बैकल्पिक राजनैतिक दलहरुको बीचमा प्रगतिशील लोकतान्त्रिक मोर्चा ( प्रोग्रेसिप डेमोक्रेटीक एलाइन्स) (एम्ब्० घोषणा हुने भएको छ ।

देशमा बितेको एक दशक देखि कृर्याशिल रहदै आएको तत्कालीन नयाँ शक्ति पार्टी नेपाल, बिबेकशिल साझा पार्टी, बिबेकशिल नेपाली पार्टी, राष्ट्रिय संकल्प अभियान नेपाल, नागरिक उन्मुक्ति पार्टीको बिद्रोही समूह, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल लगायतका दर्जनौं पार्टी, समुह र अभियानको बीचमा निकट भविष्यमा सहकार्य , कार्यगत एकता र संयुक्त मोर्चा हुदै आगामी फाल्गुन पहिलो हप्ता भित्र एउटा नयाँ साँचो अर्थको बैकल्पिक राजनैतिक दलको घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ ।

देशमा गत निर्वाचनको दौरानमा उदय भएका नयाँ भनिएका राजनैतिक दलहरु कुनै नयाँ नभएर नयाँ कलेवरमा परम्परागत राजनैतिक दलहरुकै थप भद्दा संस्करण भएकोले प्रगतिशील लोकतान्त्रिक मोर्चाको माध्यमबाट देशको राष्ट्रियता ,जनतन्त्र र जनजिविकाका सबालहरुमा देशै भरी आन्दोलन गर्ने र निकट भविष्यमै नयाँ राजनैतिक दल घोषणाका लागि जनताको म्याण्डेट लिने उदेश्य रहेको बैकल्पिक राजनीति पुनः गठन अभियान नेपालका केन्द्रीय कार्यदलका सदस्य प्रशान्त सिंहले बताएका छन् ।
यसका लागि वैकल्पिक राजनीतिका प्रमुख भाष्यकार डम्बर खतिवडा, केशब दाहाल, समिक्षा बास्कोटा, रन्जु दर्शना, मिलन पाण्डे, मुमाराम खनाल, हेमराज भण्डारी, डा.जेबि शाह, बुद्ध छिरिङ, सुरेन्द्र चौधरी, अजिता राई लगाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा स्थापित नेताहरुले सक्रिय पहल लिइरहेको उनको भनाई छ ।

जेठ १ गतेका दिन काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रगतिशील लोकतान्त्रिक मोर्चाले मोर्चाको संरचना, त्यसको भाबी निति तथा कार्यक्रमका साथै संघर्षको स्वरुप समेत स्पष्ट गर्ने बताइएको छ ।

प्रगतिशील लोकतान्त्रिक मोर्चाले देशको संसद, सरकार र प्रतिपक्ष बेन्चमा समेत नयाँ बैकल्पिक राजनैतिक शक्ति नभए सम्म देशको मुहारमा कुनै परिवर्तन नआउने विश्वास लिएको पनि बैकल्पिक राजनीति पुनः गठन अभियानका अर्का केन्द्रीय कार्यदलका सदस्य ठाकुर पोख्रेलले बताएका छन् ।

महन्त ठाकुरले नेतृत्व गरेको लोसपा, उपेन्द्र यादवले नेतृत्व गरेको जसपा र डा . बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपा जस्ता शत्तिहरुले नयाँ र बैकल्पिक राजनीतिको मौलिक पहिचान समाप्त पारिसकेकाले ती दल भित्र रहेको ठुलो हिस्सा प्रगतिशील लोकतान्त्रिक मोर्चामा सामेल हुने विश्वास गरिएको मधेशका राजनैतिक बिश्लेषक केशब झाले बताएका छन् ।

यस्तै प्रगतिशील लोकतान्त्रिक मोर्चाको न्युनतम साझा निति तथा कार्यक्रम र प्रेस बिज्ञप्ती लेखनको जिम्मेवारी डम्बर खतिवडा र केसब दहालले पुरा गरिसकेका छन भने त्यसमा सबै दल , घटक , समूह र अभियानको सहमति भइसकेको वैकल्पिक राजनीति पुनः गठन अभियानका केन्द्रीय कार्यदलका सदस्य नारायण खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया