

कपिलवस्तुमा राहदानीको सेवा बिहान ७ बजेबाटै





कपिलवस्तु
राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेबाटै सेवा दिन शुरु गरेको छ । कार्यालयले वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत निर्मल पोख्रेलका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म र दोस्रो सिफ्ट ११बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।
सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । कार्यालयले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था समेत कार्यालयभित्र मिलाएको आचार्यले बताए ।
विगतमा सेवाग्राही स्वयमले बिचौलियामार्फत उक्त फर्म भरी कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था थियो । बाहिरबाट राहदानी फाराम भर्दा सेवाग्राहीले दुःख पाएको र १५ सय रुपैयाँदेखि ५ हजार सम्म असुल्ने गरेको गुनासो आएपछि कार्यालयबाट निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय बाणिज्य बैंकको विस्तारित सेवा समेत जिल्ला प्रशासन कार्यालय भित्रै स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताए । यसबाट राजश्व बुझाउन सेवाग्राहीले भोग्नुपर्ने झन्झट समेत कम हुने विश्वास छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया