संसद सचिवालयलाई टोपबहादुरले पत्र पठाए–‘बिरामी भएर अस्पतालमा छु’

काठमाडौं

 नेकपा (एमाले)को सचिव पदबाट निलम्बित सांसदसमेत रहेका टोपबहादुर रायमाझीले आफू बिरामी भएर अस्पतालमा रहेको पत्र संसद सचिवालयलाई पठाएका छन्।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयमा बिरामी भएको पत्र प्राप्त भएको छ । पत्र प्राप्त भए पनि पत्र दर्ता भने प्रक्रियामै रहेको छ ।

बुधबारै नेकपा एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टीको सचिवबाट निलम्बन गरेका छन् । अनुसन्धानको अन्तिम किनारा नलागुन्जेलका लागि पदबाट निलम्बन गरिएको भनिएको छ ।

प्रतिक्रिया

खबर सबै