

बाणगंगाबाट भैरहवा मेडिकल कजेजको निःशुल्क बस सेवा सुरु





कोपवा : बाणगंगा नगरपालिका वडा नं ५ का अध्यक्ष दुनिका भुषालको पहलमा बाणगंगाबासीले भैरहवा मेडिकल कजेजको निःशुल्क बस सेवाको सुविधा पाउने भएका छन् ।
आज एक कार्यक्रमका विच उक्त बस सेवाको समुद्घाटन गरिएको छ । कोपवामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष भुषालले वडा र नगरवासीको सुविधाका लागि लामो प्रयासबाट बस सेवा शुरु गरिएको बताएका थिए । साथै उनले आफ्नो पहिलो लक्ष्य भनेकै स्वास्थ्य र शिक्षामा सुधार ल्याउने भएको हुदाँ कोपवा स्वास्थ्य चौकीमा समेत धेरै सुविधा थप भएको र विरामीको भरोसा समेत बढेको बताए । उनले विरामीहरुलाई औषधी सुविधा सहज गरिदिन समेत मेडिकल कलेजका प्रतिनिधिसँग माग गरेका थिए ।
सोहि क्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष एवं समाजसेवी दधिराम आचार्य, ने.क.पा माओवादी केन्द्र का जिल्ला अध्यक्ष विष्णु बेल्वासे, लगाएतले सो सेवाको प्रशंशा गर्दै पिपरा अस्पतालबाट रिफर सुविधा अव्यवहारिक भएको भन्दै, अस्पतालमा आकस्मिक भर्ना हुने र नियमित चेकजाँच हुने विरामीहरुका लागि रिफर सेवा सहज बनाउनुपर्ने बताएका थिए ।
त्यस अवसरमा बाणगंगा नगरपालिकाका स्वास्थ्य सेवा प्रमुख ठगराज पौडेल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेल्वासे ,स्थानिय बुद्धिजिवि समाजसेवी शालिकराम पौडेल , बाबुराम अर्याल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष समेत रहेका मेडिकल कलेजका प्रशाशन संयोजक तेज कुमार के.सी ले वडाध्यक्ष लगाएत यस क्षेत्रका व्यक्तिहरुको पट्क पट्कको प्रयासपछी मंगलबार विहान ८ः३० मा कोपवाबाट ४ नं जितपुर हुदै जानेगरि छुटने बताए । त्यस्तै बस लबनी, पकडी , पचेहरा हुदै आउने जानकारी गराएका थिए । कार्यक्रम वडा सदस्य ज्ञानु कार्कीको संचालनमा संम्पन्न भएको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया