

प्रचण्डलाई टोप बहादुरको फोन : माओवादीमा फर्किन्छु सहयोग गर्नु





काठमाडौं
नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको काण्डमा मुछिएपछि अदालतले पक्राउ पूर्जी जारी गरी प्रहरीले खोजी गरिरहेका नेकपा एमालेका सचिव टोबहादुर रायमाझी अहिले मोबाइल अफ गरेर फरार छन् ।
बुधबार अर्घाखाँचीबाट काठमाडौं जान भन्दै हिँडेका रायमाझी राति ९ बजेपछि सम्पर्कविहीन बनेका थिए । उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ । राति ९ बजे भैरहवाबाट काठमाडौं जाने टिकट काटेका टोपबहादुरलाई भने प्रहरीकै संलग्नतामा भगाइएको बुझिएको छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी सुरक्षा घेरामै हुने गर्छन् । त्यसमाथि बुधबार सभामुख देवराज घिमिरेसँगै रहेका उनी अर्घाखाँचीबाट त हिँडे तर विमानस्थल पुगेनन् । मोबाइल स्विच अफ गरेर फरार भएका उनले अहिले विभिन्न नेताहरूलाई हारगुहार गरेको खुलेको छ ।
एकातिर अरबौं रकम अर्कातिर मानव तस्करी जस्तो गम्भीर अपराधमा फसेपछि उनले यो काण्डलाई मिलाइदिन माओवादीका केही नेताहरूलाई सम्पर्क गरेको बुझिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन नउठाएपछि रायमाझीले माओवादीकै अन्य नेतामार्फत अध्यक्षसँग कुरा गरिदिन अनुनय विनय गरिरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने यो विषयमा वास्ता गरेका छैनन्। रायमाझीले माओवादीका एक पदाधिकारीलाई फोन गरेर प्रचण्डसमक्ष कुरा गरिदिन आग्रह गरेको कुरा पार्टी वृत्तमा चर्चाको विषय बनेको छ । रायमाझीले बरु आफु माओवादीमै फर्केर सहयोग गर्न तयार भएको भन्दै आफुलाई बचाइदिन आग्रह गरेको बुझिएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया